आइतबार, साउन १७, २०८३

६५ लाखको कारोबार गर्दै सकियाे पुष्प मेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीको भृकुटीमन्डपमा सम्पन्न भएको २२ औं पुष्प मेलामा ६५ लाख रुपैयाँको पुष्पजन्य वस्तुको  कारोबार भएको छ। तीन दिनसम्म चलेको मेला ५७ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोशिएसन नेपाल (फ्यान) ले जनाएको हो।

मेलाको अन्तिम दिन करिब २१ लाख रुपैयाँको कारोबार तथा २१ हजारले अवलोकन गरेकाे फ्यानका महासचिव विश्वमणी पोख्रेलले बताएका छन्। उनका अनुसार मेलाको दोस्रो दिन शनिबार सबैभन्दा बढीको कारोबार भएकाे तथा अवलोकनकर्ता झुम्एिको थिए। जसमा २५ लाखभन्दा बढीकाे कारोबार तथा २३ हजार ५ सयले मेला अवलोकन गरेका थिए। पहिलो दिन शुक्रबार १६ लाखको कारोबार तथा १२ हजार ५ सय जनाले मेलाको अवलोकन गरेको अयोजकको भनाइ छ।

मेलामा ४० देखि ३० हजार रुपैयासम्मका फुल अवलोकन तथा विक्रीका  राखिएको थियो। मेलामा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा ६० लाखको कारोबार हुने अनुमान गरेकोमा त्योभन्दा बढी कारोबार तथा अवलोकनकर्ताहरुको भिड लागेको थियो।

मेलाको अन्तिम दिन नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण परेराले समेत अवलोकन गरेका थिए। मेलाको नारा ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने थियो। आयोजकका अनुसार मेलामा ४५० प्रजातिका पुष्प प्रदर्शन गरिएको  थियो। जसमा ८४ वटा स्टल, १० अफिसिल स्टलका, प्रतियोगितात्मक प्रदर्शनीका लागि चार, ल्याण्डस्केपिङका लागि चार, व्यवसायीक ६५ स्टल राखिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्