बिहीबार, भदौ ४, २०८३

कृष्णअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

बैठकले गाईजात्रामा नेवार समुदायका लागि देशभर बिदा दिनेसमेत निर्णय गरेको उनले जानकारी दिए। भदौ ७ मा गाईजात्रा छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- सरकारले कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

बैठकले गाईजात्रामा नेवार समुदायका लागि देशभर बिदा दिनेसमेत निर्णय गरेको उनले जानकारी दिए। भदौ ७ मा गाईजात्रा छ।

यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित: Aug 19, 2021| 17:34 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।