दाङ –दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दंगिशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १८ वर्षीय मोटरसाइकल चालक गोरख चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ। फरार पिकअपका चालकको खोजी जारी रहेकाे प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४