आइतबार, साउन १७, २०८३

हत्या आरोपमा दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - चैत २ गते कैलालीको गोदावरीमा मृत भेटिएका बैतडीका हर्क भण्डारीको हत्यामा संलग्नको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुन्टु भाट र गोविन्द आउजी रहेका छन्।

पक्राउ परेका भाटले यसअघि पनि दुई पटक जेल जीवन बिताइसकेको खुलेको छ।  नागरिकतामा नाम पुन्टु भाट रहेपनि यसअघि धिरज भाट र गणेश भाटको नामबाट मुद्दा चलाइएका भाट र उनका साला नाता पर्ने  गोविन्द आउजी पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ।

पुन्टु यसअघि पनि लुटपाटको अभियोगमा साढे दुई वर्ष र बलात्कारको आरोपमा केही समय जेल सजाय भोगेर छुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिम्सिनाले जानकारी दिए। उनीहरूले अत्तरीया बसपार्क नजिकको होटेलमा आफैले पैसा तिरी सँगै मादक पदार्थ सेवन गरेको र पुन्टुको घरमा बस्ने भनी त्यहाँबाट हिँडेका खुलेको छ। अटो रिक्सामा गोदावरी ४ मा पुगेपछि पुन्टु र गोविन्द मिलेर भण्डारीलाई जंगल छेउमा लगि सामान्य कुटपिट गरी उनको साथमा भएको रकम लुटेर लगेको प्रहरीले जनाएको छ।

आफूहरूले लुटेको विषय बाहिर आउन सक्ने भन्दै पुनः घटनास्थलमा आएर भण्डारीलाई ढुंगा र लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  तिम्सिनाले बताए। प्रहरीले दुबैलाई म्याद थप गरी अदालतमा पेश गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।