आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : बर्खास्त एसपी बिष्टकाे थुनछेक बहस सकियाे

निर्मला हत्या प्रकरण : बर्खास्त एसपी बिष्टकाे थुनछेक बहस सकियाे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको बहस सकिएको छ। विष्टको शुक्रबार बहस सकिएको हो। बहस सकिए पनि समय अभावले आदेश भने आउन सकेको छैन।

बहस सकिएसँगै आदेशकालागि समय अपुग भएकाले आइतबार बिहान १० बजे बोलाइएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। अदालतको आदेश नआएकाले विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकैअ हिरासतमा राखिने भएको छ।

विष्टसँगै फरार रहेका सीआईबीका बहालवाला डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन्। निर्मला पन्त हत्या प्रकरणका अन्य ६ जना आरोपित भने धरौटीमा छुटिसकेका छन्। न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।