आइतबार, साउन १७, २०८३

'पार्टीलाई भड्खालाेमा हाल्ने अभिव्यक्ति नदिनुस्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका जिम्मेवार नेताहरुलाई गैरजिम्मेवार अभिव्यक्ति नदिन आग्रह गरेका छन्। पार्टीका महामन्त्री शशांक कोइरालाले संघीयता, गणतन्त्र तथा हिन्दु राष्ट्रका पक्षमा जनमत संग्रह गर्न सकिने अभिव्यक्ति दिइरहँदा नेता थापाले उनको भनाईमा असहमति जनाएका हुन्। नेता थापाले जिम्मेवार नेताहरुबाटै यस्ता खालका अभिव्यक्ति आइरहे पार्टी ठूलो भड्खालोमा जाकिने चेतावनी दिए।

शुक्रबार गिरिजा प्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, 'पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भड्खालोमा जाकिने निश्चित छ।' नेता थापाले पार्टीलाई भड्खालोमा हाल्ने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे।

यस्तै नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाए। उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।