आइतबार, साउन १७, २०८३

प्रधानमन्त्री ओली चढेको गाडी बिग्रिएपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलको स्थलगत निरीक्षण गर्न हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको बा२झ ७८१ नम्बरको नीलो गाडी बिग्रिएको छ। धावनमार्गमा करिब २० मिनेटसम्म विमानस्थल निर्माणको प्रगति विवरण सुनिसकेपछि फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको गाडी बिग्रिएको हो।

प्रधानमन्त्रीले विमानस्थल आयोजनाका पदाधिकारीलाई काममा विलम्ब नगर्न निर्देशन दिइरहँदा उनी सवार गाडीको झन्डा सुरक्षाकर्मीले हतारहतार निकालेर अर्को गाडीमा लगाइरहेका थिए। त्यसो त उक्त गाडीको बोनट खोलेर बनाउन पनि खोजिएको थियो तर त्यो सम्भव नभएपछि २५ मिनेटमै प्रधानमन्त्री चढ्ने गाडी परिवर्तन गरिएको थियो।

यसरी प्रधानमन्त्री चढ्ने गाडी पनि केही मिनेटमै बिग्रिएपछि सबै मुखामुख भएका थिए। प्रधानमन्त्रीसँगै विमानस्थल अवलोकन गर्न गएका प्रदेश सरकार र स्थानीय सरकारका प्रमुख तथा नेकपाका नेताहरु करोडौं मूल्य पर्ने सुविधा सम्पन्न सवारीसाधनमा सवार थिए। प्रधानमन्त्री ओली अन्तिममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने गाडीमा चढेर बुटवलतर्फ लागेका छन्।

प्रधानमन्त्रीसँगै भौतिक योजना तथा यातयातमन्त्री रघुवीर महासेठ, पूर्वअर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्री छविलाल विश्वकर्मा, सोमप्रसाद पाण्डेलगायतका नेताहरुले निर्माणाधीन विमानस्थलको धावनमार्गको निरीक्षण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।