आइतबार, साउन १७, २०८३

'कम्युनिस्ट र राजावादीले मुलुकलाई अस्तव्यस्त बनाए'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको आरोप लगाएका छन्। धादिङको सिम्लेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर सर्वसत्तावादी बन्न लागेको बताएका हुन्।

पौडेलले सर्वसत्तावादीको सपना नदेख्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भने, ‘प्रधानमन्त्री केपी ओली मुलुकको समृद्धि नारा लगाइरहनुभएको छ। तर, मुलुक समृद्ध हुने काम एक वर्षमा केही भएका छैनन्। तर, ओलीजी सबै अधिकार आफैंमा केन्द्रित गरेर सर्वसत्तावादी बन्ने अभियानमा हुनुहुन्छ। कांग्रेस रहुन्जेल सर्वसत्तावादको सपना नदेखे हुन्छ।’ 

पौडेलले कम्युनिस्ट र राजावादीहरुले मुलुकलाई अस्तव्यस्त बनाएको आरोप लागाए। उनले भने, ‘हिजो सत्तामा भएका राजा र सत्ताबाहिर रहेका कम्युनिस्टको अतिवादले मुलुकलाई अस्तव्यस्त बनायो। आज फेरि सत्तामा कम्युनिस्ट अतिवाद, अनि हिंसामा विप्लवको अतिवाद र तराई सिके राउतको अतिवाद छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।