काठमाडौं- अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। फुड प्वाइजनको समस्या देखिएपछि अस्पताल भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ ।
पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको स्वास्थ्य अवस्था क्रमिक सुधार भएको अस्पतालले जनाएको छ । उनी बिहीबार अपराह्न अस्पतालमा भर्ना भएका थिए ।
अन्य कुनै गम्भीर समस्या नभएको र फुड प्वाइजनका कारण समस्या देखा परेकाले चाडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । उनी पछिल्लो तीन–चार दिनदेखि विसञ्चो रहेको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४