आइतबार, साउन १७, २०८३

जनकपुरको होलीमा सेतो कुर्ताको ‘डिमान्ड’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- पहाडी जिल्लामा बुधबार होली मनाइएको छ भने तराइकै अधिकांश जिल्लाहरुमा हर्षोल्लासपूर्वक विहिबार सम्पत्र भएको छ । तर जनकपुरमा भने शुक्रबार होली मनाइँदै छ ।

१५ दिने मिथिला मध्यमा परिक्रमा सम्पत्र भएको भोली पल्ट होली मनाउने परम्परा अनुसार जनकपुरमा शुक्रबार होली मनाउन लागिएको हो । यस वर्ष होलीमा सेतो कुर्ता र गमछाले विशेष प्राथमिकता पाएको छ जनकपुरमा ।

होली आउनु अगाबै विभित्र संघसंस्थाले शुभकामना अदानप्रदान गर्न आयोजना गरेको होली मिलन समारोहमा समेत सेतो कुर्ता र गमछाले विशेष प्राथमिकता पाएको छ । आयोजक संस्थाहरुले उपहारस्वरुप कुर्ता नदिएपनि सेतो रङ्गको गमछा आमन्त्रित सबैलाई दिएको छ ।

यसका साथै बजारमा पनि सेता रङ्को कुर्ता र गमछाको व्यापक माग देखिएको छ । होलीका लागि अधिकांश व्यक्तिहरुले सेतो कुर्ता र गमछा खोज्ने गरेको बताउँछन् स्थानीय व्यवसायी अमित पाठक । विगतका वर्षहरुको तुलनामा यस वर्ष कुर्ता र गमछाको मागमा ह्वात्तै वृद्धि भएको उनको भनाइ छ ।

जनकपुर बजारमा मागअनुसार सेता कुर्ता र गमछाको आपूर्ति हुन नसकेको उनको भनाइ छ । अधिकांश व्यक्तिहरुको रोजाइमा परेको कुर्ता र गमछा आपूर्ति गर्न स्थानीय व्यवसायीहरुलाई समस्या परेको पाठकले बताए । सडक विस्तारका कारण अस्तव्यस्त रहेको जनकपुरका व्यवसयायीहरुले आवश्यकता अनुसार आयात गर्न नसक्दा अभावझैंं भएको उनले बताए ।
 
तीन सय पचास देखि पाँच सयसम्म मूल्य पर्ने सेता कुर्ता खरिद गर्नेहरुको संख्या धेरै रहेपनि मागअनुसार पूर्तिमा समस्या देखिएको उनले बताए । पाठकका अनुसार होलीको अवसरमा कुर्ता र गमछामा मात्रै झण्डै दुई करोड मूल्य बराबरको छ । एकजना व्यापारीले प्रतिदिन  २० हजार देखि ३० हजारसम्मको कुर्ता बेचेको उनको अनुमान छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।