आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अप्रिलदेखि जापानले नेपाली कामदार लाने, यस्तो छ तयारी

अप्रिलदेखि जापानले नेपाली कामदार लाने, यस्तो छ तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अप्रिलदेखि जापानले नेपाली कामदारलाई आफ्नो मुलकमा लैजाने भएको छ । यसकालागि सोमबार नेपाल सरकार र जापान सरकारबीच सम्झौता हुँदैछ । 

अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको श्रम मन्त्रालयले जनाएको छ । 

एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन्। जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी दूतावासले श्रम सचिवसमक्ष पेस गर्ने कार्यक्रम छ। 

खासै विदेशी कामदार नभित्राएको जापानका लागि नेपाली कामदार लैजाने विषय नयाँ भएको श्रम मन्त्रालयले जनाएको छ । उसका अनुसार कतिपय प्राविधिक कुराहरु प्राविधिक कमिटीको कार्यक्षेत्रमा राखेर एमओसी तयार पारिएको छ । 

यो सम्झौतासँगै पढ्ने बाहनामा पैसा कमाउन जापान जानु पर्ने बाध्यताबाट नेपालीले मुक्ति पाउने छन् । यसअघि टुरिस्टस र स्टुडेन्ड भिसामा मात्रै नेपाली जापान जान पाउँथे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।