आइतबार, साउन १७, २०८३

नेपालले भारतलाई पराजित गर्दै इतिहास रच्ला?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज (शुत्रबार)आयोजक टोली नेपाल र साविकको विजेता टोली भारत भिड्दैछन् । खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुदैछ ।

शहिद रंगशालामा नेपाल मैदान उत्रिमा नेपालको लक्ष्य साफको उपाधि उचाल्दै इतिहास रच्नु रहने छ । दक्षिण एसियाको सबै भन्दा बलियो टोली भारतलाई पराजित गर्नु नै नेपालको अर्को सफलता हो । 

किनभने पछिल्ला १० खेलमा नेपालमाथि भारतको दबदबा छ । नेपालले भारतसँगका पछिल्ला १० खेल मध्य ७ खेलमा पराजित भएको छ । दुई खेल बराबरी खेल्दा एक खेलमा मात्र विजयी भएको छ । 

यसै बर्ष भारतमा आयोजना भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको थियो । यसअधि नेपालले कुनै पनि खेलमा पराजित गर्न सकेको थिएन् । 

त्यसैले पनि आज नेपाललाई आफु भारतमाथि दबाब सृजना गर्दै आफु उत्कृष्ट छु भन्ने देखाउने अवसरका साथै पहिलो पटक साफको उपाधि जित्दै इतिहास रच्ने अवसर पनि छ । 

यसै प्रतियोगिताको सुरुवाती तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो भने चौथो संस्करणको सेमिफाइनलमा भारतसँगै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । तर, भारतसँगको पछिल्लो प्रदर्शनले नेपालको मनोबल उच्च रहेको छ । साथसाथै नेपाली टोलीलाई घरेलु मैदान र दर्शकको पूर्ण साथ रहने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।