आइतबार, साउन १७, २०८३

आजका अखबार : फेरि जग्गा बाँड्दै सरकार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- राजधनीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको नागरिक दैनिकले सरकारले फेरि सुकुम्बासीका नाममा जग्गा बाँड्ने तयारी गरेको विषयलाई मुख्य समाचार बनाएको छ । राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो। अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्गा बाँड्ने चलाखी गरेको समाचारमा उल्लेख छ । 

कानुनी प्रक्रिया पूरा गर्न सरकारले भूमिसम्बन्धी ऐन, २०२१ लाई आठौंपटक संशोधन गर्न विधयेक तयार पारेको छ। उक्त विधयेक गत फागुन १९ मा मन्त्रिपरिषद्ले निर्णय गरी फागुन २९ मा संसद्मा दर्ता भएको छ।

अव्यवस्थित बसोवास र सुकुमवासीका नाममा राजनीतिक दलनजिकका कार्यकर्तालाई जग्गा बाँड्दा विरोध आउन सक्ने देखेर सरकारले विधेयकमा आयोग बनाउने र त्यसको सिफारिसमा जग्गा पाउने व्यक्तिले मूल्यको २५ प्रतिशत रकम तिर्नुपर्ने उल्लेख गरेको छ। विरोधबाट बच्न सरकारले आयोग बनाउने र २५ प्रतिशत मूल्यको व्यवस्था ल्याई चलाखी गर्न खोजेको टिप्पणी भएको छ।

यस्तै नागरिक दैनिकले नै रेल किन्न बजेट थप शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।

सरकारले जनकपुर–जयनगर–कुर्था खण्डमा चलाउन ८४ करोड ६५ लाख रुपैयाँमा दुइटा रेल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३५ किलोमिटरको जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ बजेट स्वीकृत गरेको समाचारमा उल्लेख छ । 

यस्तै आजको कान्तिपुर दैनिकले सरकारले गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ चासो सबैभन्दा बढि देखिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

लगानी बोर्ड कार्यालयका अनुसार  सम्मेलनमा  ३८ देशका ६२० लगानीकर्ता सहभागी हुने निश्चित भएको छ । जसमा चीनबाट मात्रै २०९ जनाको सहभागीता रहने भएको छ भने भारतबाट ११० जना सहभागी हुने भएका छन् । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जापान, कोरिया, सिंगापुर, हङकङ, मलेसियालगायत ३८ देशका लगानीकर्ता आउने तय भएको समाचारमा जनाइएको  छ।  

यस्तै कान्तिपुरले फोरम राजपा एकता पहल शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । दुबै दलले वार्ता टोली गठन गरेका छन् भने एकताका लागि राजपाले फोरमलाई पनि सरकारबाट बाहिरिन दबाब दिएको समाचारमा उल्लेख छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने बोआओ फोरमका लागि चीनले नेपाललाई निम्तासमेत नगरेको विषयलाई मुख्य समाचार बनाएको छ । 

हरेक वर्ष हुने सम्मेलनका लागि निम्ता नआएपछि नेपाल कार्यक्रममा सहभागी नहुने निश्चित भएको छ । प्रधानमन्त्री सहभागी नहुने भएपछि सम्मेलनमा नेपाललाई निमन्त्रणा नगरेको अनुमान कूटनीतिज्ञहरूको छ। फोरमको वार्षिक सम्मेलन आगामी मंगलबार सुरु हुने समाचारमा जनाइएको छ । 

यसैगरी अन्नपूर्णले प्रदेश ३ का सांसदलाई खल्तीका आयोजना शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । 

खर्च प्रणाली वित्तीय अनुशासन उल्लंघन गर्दै प्रदेश ३ सरकारले हरेक सांसदलाई ५०/५० लाख रुपैयाँका दुई आयोजना दिने भएको छ । वित्तीय अनुशासन उल्लंघन गर्दै एक सांसदलाई दुई आयोजना दिँदा अपारदर्शी र जथाभावी ढंगले खर्च हुने जोखिम बढेको समाचारमा उल्लेख छ । 

यस्तै सरकारले ८४ करोड ६५ लाखमा दुई रेल किन्न लागेको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई वटा रेल किन्न लागेको हो ।

आजको नयाँ पत्रिकाले भने विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा शीर्षकमा मुख्य समाचार छापेको छ । 

रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो ।

मास्टर्स पढेका ब्यक्तिहरुसमेत कोरियामा सामान्य मजदुरी गर्नका लागि लाइनमा बसेको, रातभरि त्यहि सुतेको मार्मिक तस्विर पनि नयाँ पत्रिकाले छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।