आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शुरुङ मार्ग निर्माण कार्यलाई तिव्रता दिन स्वीस सरकारलाई आग्रह

शुरुङ मार्ग निर्माण कार्यलाई तिव्रता दिन स्वीस सरकारलाई आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अर्थमन्त्री डा.युवराज खतिवडाले यातायात तथा शुरुङ मार्ग निर्माणको कार्यमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेको  बताए। सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको उनको धारणा छ। उनले भने, ‘सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडी बढाउन स्वीस सरकारसँग विशेष आग्रह गर्दछु।’

अर्थमन्त्री डा. खतिवडासँग स्वीस डेभलपमेण्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएर सागरसँग बिहीबार भेट गरेका छन्। उक्त भेटमा उनले नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पुर्याएको सहयोगप्रति अभार प्रकट गरे। भेटमा थप सहयोगका क्षेत्र सम्बन्धमा पनि छलफल भएको छ।

बैठकमा  महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा रहेकोप्रति खुशी व्यक्त गरे। नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्