आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवलाई सरकारको जवाफ : भिरबाट लड्नेलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न

विप्लवलाई सरकारको जवाफ : भिरबाट लड्नेलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन आग्रह गरेको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा, 'सरकारले विप्लव नेतृत्वको नेकपालाई सिध्याउन खोजेको हो?' भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले विप्लव समूहलाई हातहतियारसँगै बमबारुद त्यागेर शान्तिपूर्ण ढङ्गले वार्तामा आउन आग्रह गरे। 

उनले सरकारको शब्दकोशमा सिध्याउने भन्ने शब्द नरहेको बताए। उनले भने 'सरकारले विप्लवलाई सिध्याउन खोजेको भन्ने कुरा गलत हो। सरकारको शब्दकोशमा सिध्याउने भन्ने शब्द छैन।'

राजनीतिक असन्तुष्टि शान्तिपूर्ण संवादका माध्यमबाट पुरा गर्न सकिने बताउँदै उनले विप्लव समूहलाई हिंसाको बाटो छोड्न आग्रह गरे। 'सरकार उहाँलाई देशको संविधान मान्दै शान्तिपूर्ण वार्तामा आउन आग्रह गर्छ', उनले भने, 'हिंसालाई छोड्नु भएन भने भिरबाट लड्नेलाई रामराम भन्न सकिन्छ काँध थाप्न त कोही जान्न।'

मन्त्री बाँस्कोटाले आफ्ना गलत, अनुचित तथा असंवैधानिक र समाजले स्वीकार गर्न नसक्ने खालका विषयलाई छोड्दा कोही सानो नहुने बताउँदै सरकार विप्लवसँग संवादका लागि सदैव तयार रहेको बताए। उनले सरकारले बल प्रयोग नगरेको बताउँदै हिंसालाई सरकारले स्वीकार गरेर नबस्ने चेतावनी दिए।

राष्ट्रिय सुरक्षा नीति, २०७५ बारेको प्रश्नमा उनले मुलुकको राष्ट्रिय आवश्यकता, परिस्थितिको विश्लेषण, देशको राष्ट्रियता सुदृढ तुल्याउनेलगायत विषय नै उक्त नीतिमा समेटिएको बताए।

यसैबीच सरकारले दुई वटा रेल किन्न स्वीकृति दिएको छ। रेल विभागलाई डेमु (डिजल इलेक्ट्रिक मल्टिपल युनिट) रेल किन्न ८४ करोड ६५ लाख ९५ हजार ६ सय (करसहित) बजेट स्वीकृति दिएकाे हाे। चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट रेल खरिद गर्न विभागलाई रकम दिएको हो।

यस्तै चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।