आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंन्कास्योरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकको. १३४ वटै शाखाहरुमार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरु खरिद गर्न सकिने जनाइएको छ।

जीवन बिमा सम्बन्धि सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने समेत सम्झौतामा उल्लेख छ। सम्झौता पत्रमा बैंककातर्पmबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र इन्स्योरेन्स कम्पनीलिकोतर्पmबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन्।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्