आइतबार, साउन १७, २०८३

प्रहरीमाथि आक्रमण गर्ने नीति छैन : विप्लव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेत्र विक्रम चन्द 'विप्‍लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले नै प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको बताएको छ। बिहीबार मध्य केन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनद्वारा जारी प्रेस विज्ञप्तिमा प्रहरीले आफूहरुमाथि जवाफी कारबाहीका क्रममा गोली चलाएको भन्ने बकवास गरेको बताइएको छ।

'निहत्था, निशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकवास गरिएको छ।', विज्ञप्तिमा भनिएको छ, 'यो झुट्टा बकवासले जनयुद्धकालमा लगाइएको संकटकाललाई स्मरण गराएको छ।'

नेकपाले प्रहरीले एकतर्फी गोली चलाएको आरोपसमेत लगाएको छ। उसले सरकारद्वारा परिचालित सरकारी खुफिया एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न थालेको अनुभूति हुन थालेको बताएको छ। नेकपाले आफूमाथिको प्रतिबन्ध फासिवादको भद्दा नमुना भएको बताउँदै तत्काल आफ्ना पक्राउ परेका कार्यकर्तालाई विना सर्त रिहा गर्न मागसमेत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।