आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइस बाथ गर्ने बकेट नहुँदा ‘डस्टबिन’मा खेलाडी ! (तस्बिर)

आइस बाथ गर्ने बकेट नहुँदा ‘डस्टबिन’मा खेलाडी ! (तस्बिर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल पुगेको नेपाली टोलीले रिकभरिका लागि ‘डस्टबिन’मा आइस बाथको मज्जा लिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको लागि आईस बाथ गर्ने बकेट उपलब्ध नगराएपछि नेपाली महिला टोलीले आएस बाथ ‘डस्टबिन’मा लिएका हुन् । 

अझ, प्रयाप्त डस्टबिन नहुँदा एकै डस्टबिनमा २ देखि ३ जना खेलाडीले एकै पटक आईस बाथ लिएका छन् । श्रीलंकासँगको सेमिफाइनल खेल पछि नेपाली टोलीले रिकभरीका लागि आइस बाथ लिएको थियो । 

जसको तस्बिर महिला फुटबल टोलीका एथ्लेटिक ट्रेनर अधिकारी विवेक विक्रान्तले आफ्नो फेसबुकमा सार्वजनिक गरेका थिए । उनले आफ्नो सामाजिक संजालमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘प्राउड अफ यु लेडिज...पोस्ट म्याच रिकभरी... आइस बाथ...गेटिङ् रेडी फर फाइनल ।’ 

जारी प्रतियोगिताको दाबेराको रुपमा हेरीएको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अब उपाधिका लागि नेपालले साविकको विजेता टोली भारतसँग शुक्रबार शहिद रंगशालामा खेल्दै छ । 

तस्बिर : अधिकारी  विवेक विक्रान्तको फेसबुकबाट (ट्रेनर)
Image may contain: 6 people, people smiling, people standing and indoor
Image may contain: 2 people, people smiling
Image may contain: 2 people, people smiling, people standing and outdoor
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।