आइतबार, साउन १७, २०८३

अन्तरगृह परिक्रमासँगै सकियो मिथिलाको ‘महाकुम्भ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – जनकपुरको अन्तरगृह परिक्रमा गरेसँगै यस वर्षको १५ दिने मिथिला मध्यमा परिक्रमा विहिबार सकिएको छ। नेपाल तथा भारतको विभित्र धार्मिक स्थलहरुको परिक्रमा गर्दै बुधबार आइपुगेको मिथिला मध्यमा परिक्रमा विहिबार मध्यरातदेखि जनकपुरको परिक्रमा गरेको छ। 

श्रद्धालुहरु जनकपुरभित्रै पाँच कोश दुरीको परिक्रमा गर्ने गरेकोले अन्तरगृह परिक्रमालाई स्थानीय भाषामा ‘पँच कोशी’ परिक्रमासमेत भन्ने गरिन्छ। १५ दिनसम्म चल्ने मिथिला मध्यमा परिक्रमामा नेपाल तथा भारतका लाखौंको संख्यामा तिर्थालुहरु सहभागी हुने भएकोले यसलाई मिथिलाको महाकुम्भसमेत भनिन्छ।

१५ दिनसम्म चल्ने परिक्रमामा सहभागी नभएपनि जनकपुरमा अन्तरगृह परिक्रमा गरे सुखसमृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ। अन्तरगृह परिक्रमामा १५ दिनदेखि सहभागी तिर्थालुका साथै स्थानीयहरुको समेत सहभागिता रहेको थियो। अन्तरगृह परिक्रमामा प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका साथै विभित्र राजनीतिक दलका नेता एवं सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु समेत सहभागी भएका थिए।

नेपाल–भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक मानिएको मिथिला मध्यमा परिक्रमाको क्रममा नेपालको ११ र भारतको तीन स्थानमा विश्राम स्थलहरु छन्। जनकपुरबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा भारतको कलाणेश्वर, गिरिजास्थान र विशौलमा विश्राम गरेको थियो। यसैगरी महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, औरही र धनुषाधाम पुग्ने गर्दछ।

मिथिला महात्मयअनुसार ई विश्रामस्थलहरुको पौराणिक एवं धार्मिक महत्वबारे विशेष रुपले व्याखान गरिएको हुँदा श्रद्धालुहरुमा अटुट आस्था रहेको छ। मिथिला महात्मयअनुसार १८ औं शताब्दी देखि यस धर्म यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाउन थालिएको हो। सबैभन्दा लामो दुरीको यात्रा भनिएको मिथिला मध्यमा परिक्रमा अन्तर्गत नेपालमा १०७ र भारतमा २६ गरी कूल १३३ किलोमिटर यात्रा पैदल यात्रा गरिन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।