आइतबार, साउन १७, २०८३

प्रदेश २ : प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - प्रदेश २ को तेस्रो प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ। अधिवेशन १४ चैत तीनबजे आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

यसअघि ४ फागुनमा प्रदेशसभाको बैठक बसेको थियो भने १८ फागुनमा दोस्रो अधिवेशन अन्त्य भएको घोषणा गरिएको थियो। वीरगन्जस्थित बीपी उद्यानको नाउँमा रहेको जग्गामा प्रदेश सरकारले जबरजस्ती सहिद पार्क निर्माण गर्न शिलान्यास गरेको विरोधमा नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेपछि अर्को बैठक बस्न सकेको छैन। प्रदेश सरकारले आफ्नो निर्णय नसच्याएसम्म बैठक चल्न नदिने बताएको थियो।

तेस्रो अधिवेशनका क्रममा प्रदेशसँग सम्बन्धित केही महत्त्वपूर्ण विधेयक पेस हुने सम्भावना रहेको बताइएको छ।

संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफू मातहत राख्नेगरी विधेयक ल्याइरहेका बेला प्रदेश २ सरकारले छुट्टै प्रशासनिक अधिकार राख्ने विधेयक तयार पारेको छ। प्रदेश २ सरकारले मातहतका आठ जिल्लामा आफ्नै प्रमुख जिल्ला अधिकारी राख्ने गरी प्रदेश प्रशासनसम्बन्धी विधेयक तयार पारेको छ। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको प्रदेश प्रशासनसम्बन्धी विधेयक तेस्रो अधिवेशनमा पेस हुने बताइएको छ।

यसैगरी प्रदेशभित्र उद्योग सञ्चालन तथा व्यवस्थापन गर्न तयार पारिएको विधेयकसमेत तेस्रो अधिवेशनको क्रममा प्रदेशसभा बैठकमा प्रस्तुत हुन सक्ने बताइएको छ। प्रदेश सरकारले हालैमात्र प्रदेश २ मा नयाँ खोलिने उद्योगहरुलाई २० वर्ष कुनै कर नलाग्ने निर्णय मन्त्रिपरिषदको बैठकबाट गरिसकेको छ। यसबाहेक प्रदेश सरकारले तयार पारेको ८/९ वटा विधेयकमाथि विभित्र विषयगत समितिमा छलफल भइरहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।