आइतबार, साउन १७, २०८३

भिक्षु पोसाकमा नाबालक विदेशतिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - गत माघमा रूपन्देही जिल्ला प्रशासनमा ६ सय ९ जनाले राहदानीका लागि आवेदन दिएकोमा १४ जना नाबालक थिए। यसैगरी फागुनमा पाँच सय १७ जनामध्ये १० जना नाबालकले राहदानीका लागि आवेदन दिएका छन्। राहदानी फाँटका नायब सुब्बा लक्ष्मी पाण्डेका अनुसार महिनामा एकदुई पटक ५/६ जनाको समूहमा नाबालक भिक्षुहरु राहदानी बनाउन आउने गरेका छन्।

झट्ट हेर्दा १२/१३ वर्ष उमेरका देखिने बालकहरू महिनामा आक्कलझुक्कल जिल्ला प्रशासन कार्यालय आउने गर्दछन्। उनीहरुलाई एकजना समूहको नेताले गाइड गरिरहेका हुन्छन्। पाच छ जनाको समूहमा आउने उनीहरु आफूलाई भन्ते भन्न रुचाउँछन् र आफ्नो समूहको नेतालाई गुरु भन्छन्। उनीहरु यसरी राहदानी बनाउन जिल्ला प्रशासनमा आएको देखिन्छ।

पहेंलो वस्त्रमा जिल्ला प्रशासन रुपन्देहीको राहदानी फाँटको बाहिरपट्टि राखिएको सोफामा बसेका लुम्बिनी महिलबारका १३ वर्षीय दिनेश लोध एक महिनायता भिक्षु पोसाकमा छन्। उनी बौद्धधर्मालम्बीअनुसार भन्ते बनेका छन्। केही महिनाअघि मेत्ता गुरुकुल विहार महिलवारमा अध्ययन गर्न थालेपछि उनी भन्ते बनेका हुन्।  पहेंलो वस्त्रमा आफूसँगै पढ्ने अन्य ४ जना साथीसहित जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा आएका उनले श्रीलंका जाने हुँदा राहदानी बनाउन आएको बताए।  

लोधसँगै महिलबारकै ११ वर्षीय रघुवीर यादव, १४ वर्षीय रामजीत कहार, १५ वर्षीय दुर्गेश पासी, १५ वर्षीय आकाश कहारलगायत ९ जना श्रीलंकास्थित श्री सुगोतो सेना सुन विहारमा अध्ययन गर्ने उद्देश्यले जान थालेको आफ्नो परिचय धर्मसिद्धि भन्ते भएको बताउने उक्त समूहका नेताले बताए। धर्मसिद्धि महिलबारकै स्थानीय बासिन्दा हुन्। उनी ७ वर्षसम्म श्रीलंकाको सोही विहारमा बौद्धधर्म अध्ययन गरी स्वदेश फर्केर महिलबारमा बिहार सञ्चालन गर्दै आएको बताउँछन्।

यसरी लुम्बिनीबाट श्रीलंका जान थालेका बालकहरुलाई श्रीलंकास्थित कुरुनायगले याङतामकलाबास्थित बिहारमा अध्ययन गराउने गरी भिक्षु उडु बद्धावे धम्मे तिलोकले प्रबन्ध मिलाएको भिक्षु धर्मसिद्धिले बताए। उनले भने, ‘परिवारको सल्लाह र बालकहरुको इच्छाअनुसार श्रीलंकाको गुरुको सहयोगमा बालक जान लागेका हुन्। ’

सानै उमेरमा भिक्षु बनेर विदेशिन थालेकाका आफन्तले पनि बच्चाको इच्छाअनुसार आफूले राम्रो हुन्छ भन्ने सुनेर पठाउन थालेको बताएका छन्। दिनेशका बुबा बालगोविन्द लोधले भने, ‘यहाँ बोर्डिङमा ४ कक्षामा पढ्थ्यो। एक महिनादेखि भन्ते भएको छ। उसैको इच्छामा हामीले पठाउन थालेका हौं। गाउँको मान्छे धर्म सिद्धिले त्यहाँ बौद्ध धर्म राम्रो पढाइ हुन्छ। पैसा पनि लाग्दैन भनेका छन्। ३ वर्षमा आउने भनेका छन्।’

भिक्षु बन्ने उद्देश्यले केही वर्षयता यसरी विदेशिने बालबालिकाको संख्या बढ्दै गएको छ। महामानव बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट पनि यसरी भिक्षु भिक्षुणी हुन विदेशिने संख्या बढेर गएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पहँेलो वस्त्रमा भेटिएका १२ देखि १५ वर्ष उमेर समूहका ५ जना बालकले पनि आफूहरु श्रीलंका गएर बौद्ध धर्म अध्ययन गर्ने बताएका छन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा सुविधा सम्पन्न बौद्ध विहार हुँदाहुँदै पछिल्लो समय श्रीलंका जाने बालबालिकाको संख्या बढेर गएको छ। केही वर्षपहिले लुम्बिनी बौद्ध विश्वविद्यालयको एक प्रतिनिधि टोलीले श्रीलंकाका विहारहरुमा नेपाली बालबालिका बन्धकसरह राखिएको घटना मिडियामा समेत आएको थियो। बौद्ध उच्च शिक्षा अध्ययनका लागि श्रीलंकामा राम्रो भए तापनि साना बालबालिकाका लागि त्यति उपयोगी मानिँदैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।