विराटनगर- विराटनगरमा जार पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत भन्दा नेपाल बलियो भएको बंगलादेशी मुख्य प्रशिक्षक गोलाम रब्बानी छोटोनले बताएका छन् ।
उनले मानसिक तथा शारिरिक रुपमा समेत बलियासँगै घरेलु मैदानका कारण नेपाल भारत भन्दा बढी उपाधि दाबेदार भएको बताएका हुन् ।
‘नेपाल भारत भन्दा बढी उपाधि दाबेरा हो । किनकी नेपालको सबै पक्ष र पोजिसन उत्तीकै उत्कृष्ट छ ।’ बंगदादेशी मुख्य प्रशिक्षक गोलामले भने, ‘घरेलु मैदान भएका कारण पनि नेपाल उपाधिको बलियो दाबेदार हो । नेपाली टोलीलाई घरेलु दर्शककको भरपुर समर्थन छ ।’

मुख्य प्रशिक्षक गोलामले नेपाली तीन खेलाडीको खुलेर प्रशंसा समेत गरे । गोलामले नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत मुख्य खेलाडी भएको बताए ।
नेपालले पनि पछिल्लो समय भारतको एकछत्र राजमाथि पूर्ण विराम लगाएको हो । नेपालसँग भएका पछिल्ला दुई भेटमा भारतले ओलम्पिक छनोटमा नेपालसँग १-१ को बराबरी खेलेको थियो ।
त्यस्तै भारतमा नै सम्पन्न भएको हिरो गोल्डकपमा २-१ गोल अन्तरले पराजित गर्दै नेपालले एतिहासिक जित निकालेको थियो । त्यसैले भारत आफ्नो यात्रा सेमिफाइनमा नै नेपालसँग टुङ्गीने डरका कारण आजको खेल जित्नै पर्ने दबाबम छ ।

‘नेपालका लागि सावित्रा र अनु मुख्य हतियार हुन् । जसले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि रहेका छन् ।’ प्रशिक्षक गोलामले भने, ‘कप्तान निरु थापा पनि नेपालका लागि मुख्य खेलाडी हुन् ।’
भारत र नेपालले महिला फुटबलमा उल्लेख्य प्रगति गरिहेको समेत बताए । सावित्राले जारी प्रतियोगितामा तीन गोल र तीन असिस्ट समेत गरेकी छन् । त्यस्तै अनिता र कप्तान निरुले समान एक एक गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४