आइतबार, साउन १७, २०८३

नेपालले आज कुवेतको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहिबार) कुवेतसँग अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्दै छ । खेल नेपाली समय अनुसार राति ९ बजेर १५ मिनेटमा  सुरु हुनेछ । फगुन देखी राष्ट्रिय टोली सम्हालेको मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो खेल हो । 

कालिनका लागि यो परिक्षण हो भने अर्को तिर टोली छनोट र सेटका लागि राष्ट्रिय कालिनको खेलाडी टेस्ट पनि हुने छ । त्यसैले पनि कुवेतसँगको मैत्रिपुर्ण खेल खेलाडी र प्रशिक्षक दुबैका लागि महत्वपुर्ण रहेको छ ।

नेपाल कुवेतविरुद्ध मैदान उत्रिदा जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ । निकै लामो समयपछि नेपाल र कुवेत एक अर्कासँग आमने सामने हुन लागेका हुन् । नेपाल र कुवेत करिब १९ बर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गर्दै छन् । 

यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल कुवेतसाग ५-० ले पराजित भएको थियो । त्यसैले पनि यो खेलमा नेपालका लागि उक्त हारको बदला लिने अवसर हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गरेका छन् । ‘हाम्रो लागि यो प्रतियोगिता निकै महत्वपुर्ण छ । नेपाली फुटबलले लामो यात्रा तय गर्न बाँकी छ,’ मुख्य प्रशिक्षक कालिनले भने, ‘त्यसका लागि कुवेतविरुद्धको खेल सुरुवात हो । जित्नका लागि हामी मैदानमा उत्रन्छौं ।’

मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  नेपालले दोस्रो मैत्रिपुर्ण खेल आगामी मंगलबार खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ
 
डिफेन्डर : अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल , विराज महर्जन , सरोज दाहाल , देबेन्द्र तामाङ 

मिडफिल्डर : रोहित चन्द, रवि पासवान, टंक बस्नेत , सन्तोष तामाङ , बिक्रम लामा, बिशाल राई , हेमन गुरुङ , सुजल श्रेष्ठ 

फरवार्ड : रन्जन विष्ट , सुमन लामा , भरत खवास , विमल राना , नवयुग श्रेष्ठ , आशिष लामा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।