आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शशांक कोइराला भन्छन् : 'संघीयता, गणतन्त्र र हिन्दु राष्ट्रमा जनमत संग्रह'

शशांक कोइराला भन्छन् : 'संघीयता, गणतन्त्र र हिन्दु राष्ट्रमा जनमत संग्रह'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता, गणतन्त्र र हिन्दु राष्ट्रका मुद्दामा जनमत संग्रहमा जान सकिने बताएका छन्।

बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले धेरैजसो हिन्दु धर्मालम्बीहरुले आफुलाई सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको बताए। उनले यस विषयमा सरकारलाई आवश्यक दबाब दिन आवश्यक रहेको बताए।डा. कोइरालाले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको दाबी गरे।

फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेरबहादुर देउवालाई दिए। पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता रहेको बताउँदै उनले कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी निर्वाचनमा पनि कांग्रेस विजयी हुन नसक्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।