आइतबार, साउन १७, २०८३

नेपाललाई चीनको सहगोग निरन्तर हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चीनको अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका उपाध्यक्ष तथा उपमन्त्री देङ्ग वोकिङले चीनको विकास एकल प्रयासमा मात्र संभव नभइ नेपाल लगायत छिमेकी मुलुकहरुको सद्दभाव र सहयोग रहेको चर्चा गरे। उनले चीनबाट प्रदान भइरहेका अनुदान सहयोग, ब्याजरहित ऋण, सहुलियतपूर्ण ऋण, ब्यापारिक ऋण लगायत सम्बन्धमा पनि प्रकाश पारे। ‘नेपालको परियोजनाको प्रकृति र आवश्यकताअनुसार विभिन्न सहयोग परिचालन गर्न एवं विकासको लागि चीनको सहयोग निरन्तर हुनेछ,’ उलने भने।

मंगलबार भएको उक्त छलफको चिनीयाँ प्रतिनिधि मण्डलको नेतृत्व उक्त संस्थाका उपाध्यक्ष (उपमन्त्री) वोकिङले गरेका थिए। साे अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल र चीनबीचको सम्बन्धको बारेमा चर्चा गरे।

उनले चीनको सकृयतामा स्थापना र सञ्चालन भएको एशिया पूर्वाधार लगानी बैंक (एआईआईवि) र वेल्ट एण्ड रोड ईनिसिएटिभको प्रशंसा गरे। चीनको अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (सीएचआईडिसीए) का प्रतिनिधिमण्डलसँगको छलफलमा उनले चीनको सकरात्मक सहयोग रहेको बताए।

नेपालमा चैत १४ र १५ गते आयोजना हुन गइरहेको लगानी सम्मेलनमा चिनीया पक्षको उल्लेख्नीय सहभागीता र लगानी हुने उनको विश्वास छ। ‘उच्च प्रविधिक आवश्यक पर्ने टनेल, सडक, रेल्वे लगायत पूर्वाधार विकासका क्षेत्रमा चीनको सहयोग हुने आशा गरेका छौं,’ उनले भने। विगतका अनुभवका आधारमा आगामी दिनमा सञ्चालन गरिने परियोजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउन दुवै पक्षले आ-आफ्नो क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्