आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेखाको पहिलो अन्तर्राष्ट्रिय गोलसँगै नेपाल चौथो पटक साफको फाइनलमा

रेखाको पहिलो अन्तर्राष्ट्रिय गोलसँगै नेपाल चौथो पटक साफको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- नेपाली राष्ट्रिय महिला टोली साफ मिहला च्याम्पियनसिपमा चौथो पटक फाइनल पुगेको छ । विराटनगरमा जारी पाँचौ संस्करणको साफमा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई पराजित गर्दै नेपाल चौथो पटक साफको फाइनल प्रवेश गरेको हो । सन् २०१६ मा भारतमा आयोजना भएको चौथो संस्करणको साफ महिला च्याम्पियनसिपको समिफइनल खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

बुधबार भएको सेमिफइनल खेलमा नेपालले श्रील‌ंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो । सुरुवाती समय देखीनै आक्रम खेल प्रस्तुत गरेको नेपालले सुरुवाती अग्रता लिन निकै लामो समय पर्खिनु परेको थियो । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहदाँ पुनम जर्घा मगरले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन । गिता रानाको फ्री-किक प्रहारमा कप्तान निरुको बाईसाइकल किकमा सावित्राको हेडर पासमा पुनमले उत्कृष्ट वन टच  गोल गरेकी हुन ।

त्यस्तै ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर पारीन् । थ्रो बलमा रक्षक मनमायाले प्रहार गरेको बल पेनाल्टी क्षेत्रभित्र रुमलिदै गर्दा फर्केको बललाई अनिताले सहजै गोलमा परिणत गरेकी हुन् । त्यस्तै ८२ औं  मिनेटमा स्ट्राइकर सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन् । 

८५ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ४-० कव महत्वपूर्ण जित दिलाइन् । भुटानविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी रेखाको पहिलो अन्तराष्ट्रिय गोल हो । उनले अनिताको पासमा आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गरेकी हुन् ।

त्यस अघि खेलको चौथो मिनेटमा कप्तान निरु थापाको पासामा डि-बक्स नजिकैबाट अनिता बस्नेतले गरेको प्रहार करसर बारको केहि माथिबाट बहिरिदा नेपाला अग्रता लिनबाट चुकेको थियो । १० औं मिनेटमा अनिताको कर्नर प्रहारमा कप्तान निरुको हेडर मथिल्लो बारबाट बहिरियो । 

१६ औं मिनेटमा अनिताको पासमा सावित्रा भण्डारीले वान भर्सेज वानको स्थितिमा गरेको प्रहार श्रीलंकाकी गोलरक्षक आयोमी एस विजेरत्नले उत्कृष्ट बचाउ गरिन । २२ औं मिनेटमा दिपा राईको एयर पासमा सवित्राको हेडर खेर गयो । 

३१ औं मिनेटमा मन्जाली कुमारी योन्जनको पासमा सावित्रा र निरु समयमै पुग्न नसक्दा अग्रता लिनबाट चुके । ३४ औं मिनेटमा अनिताको करनर प्रहारमा गिता रानाको हेडरलाई गोलरक्षक आयोमीले उत्कृष्ट बचाउ गरिन । 

३६ औं मिनेटमा २० यार्डबाट मन्जलिले गरेको पहारले दिशा लिन सकेन । ३७ औं मिनेटमा श्रीलंकाकी कप्तान इरन्दी लियानागेले नेपालकी गोलरक्षक अन्जली तुम्बापो सुब्ब अघि बढेको अवस्थामा गोल गर्न सकेन्न । ८२ औं मिनेटमा अनिताले वन भर्सेज वनको स्थितीमा रहेको बललाई गोलमा पर्णित गर्न सकिनन् । ८४ औं मिनेटमा सावित्राले गोलरक्षक अघिबढेको अवस्थामा बललाई दिशा दिन सकिनन् ।

अब फाइनल खेल नेपालले भारत र बंगलादेशबिचको विजेता टोलीसँग उपाधिका लागि खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।