आइतबार, साउन १७, २०८३

दोहोरो फायरिङपछि विप्लवका दुई कार्यकर्ता गिरफ्तार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काभ्रेपलाञ्चोक- काभ्रेकाे रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरी दुई व्यक्तिलाई गिरफ्तार गरेको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले जानकारी दिए । उनले भने, “प्रहरी टोलीलक्षित गोली प्रहार हुँदा जवाफी फायरिङ मात्रै गरिएको हो, मानवीय क्षति/हताहती केही भएको छैन ।” 

जवाफी फायरिङपछि भाग्ने क्रममा माओवादीका दुई कार्यकर्ता गिरफ्तार गरी प्रहरी टोली फर्किएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । उनका अनुसार गिरफ्तार गरिएका व्यक्तिको पहिचान खुलाइएको छैन । 

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले काफलडाँडाको स्थिति मङ्गलबार रातिदेखि नै सामान्य रहेको बताए । उनले भने, “सो स्थानमा केही दिनदेखि गतिविधि बढेको पाइएपछि सुराकीका आधारमा महाशाखाबाट प्रहरी टोली गएको र दुई जनालाई गिरफ्तार गरी फर्किएको हो, अहिले त्यहाँको स्थिति सामान्य छ ।” 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।