आइतबार, साउन १७, २०८३

बिहानैदेखि ट्राफिकको चेकिङ, १५ सय ४ चालक कारबाहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले १ हजार ५ सय ४ जना सवारी चालकलाई कारबाही गरेको छ । विभिन्न शीर्षकमा गरिएको कारबाहीबाट ११ लाख, ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरीले जनाएको  छ। 

लेन मिचेर चलाउने २ सय १८, जथाभावि पार्किङ गर्ने १ सय १७, निषेधित स्थानमा हर्न बजाउने ४९,  ढोका खुला राखेर चलाउने ४३, अवस्था ठिक नभएको सवारी चलाउने ४०, मादक पदार्थ सेवन गरी चलाउने ३४, जेब्राक्रसमा रोक्ने ३५ जना चालकलाई कारवाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
 
आज होलीका दिन अझै धेरै चालक कारबाहीमा पर्नसक्ने ट्राफिक प्रहरीको अनुमान छ । उसका अनुसार आज बिहानैदेखि चेकिङका लागि ट्राफिक प्रहरी खटिएको छ । विभिन्न ७० भन्दा बढि स्थानमा चेकिङ पोइन्ट राखिएको छ। होलीका लागि चेकिङ अझै कडा पारिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।