काठमाडौं- काठमाडौं उपत्यकामा होलीलाई व्यवस्थित र मर्यादित बनाउन तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन् ।
काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । जसमा करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिने महानगरि प्रहरी परिसर टेकुले जनाएको छ । यस्तै ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिने जनाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि १ सय ७ स्थानमा चेक पोइन्ट राखिएको छ भने ८५ वटा क्विक रेस्पोन्स टिम खटिनेछन्। २० वटा मोबाइल गाडीले गस्ती गर्ने जनाइएको छ।
जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधि गर्नेलाई प्रहरीले तुरुन्तै पक्राउ गर्ने समेत जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गरिने बताएकोछ ।
यस्तै र महानगरीय प्रहरी परिसर काठमाडाैंले होली पर्वमा अपरिचित व्यक्तिलाई जबरजस्ती लोला हान्ने, रंग दल्ने र फोहोर छ्याप्ने लगायतका अमर्या्दित क्रियाकलाप गर्ने जोसुकैलाई तत्काल नियन्त्रणमा लिई सार्वजनिक अपराधमा मुद्दा चलाउने जनाएको छ ।
यसवर्ष साना बालबालिकाले लोला हानेको पाइएमा उनीहरुका आमा–बुवाविरुद्ध सार्वजनिक मुद्दा लगाउने गरि तयारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४