आइतबार, साउन १७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज चैत ०५ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

पाेखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना

पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना भएको छ। दुर्घटनामा परि एक बालकसहित दुई विदेशी नागरिक घाइते भएका छन्। घाइते हुनेमा ५० वर्षीय चिनिया नागरिक एलेस केरिएन र सिंगापुरका ७ वर्षीय बालक याङ जुयाङ जी रहेका छन्। ग्लाइडर बिजुलीकाे तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले बताएकाे छ।

निर्मला हत्या प्रकरण : सकिएन पूर्व एसपी बिष्टको बयान

निर्मला पन्तको घटनामा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा मुद्दा खेपिरहेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको बयान मंगलबार टुंगिएन।

लहानमा किन भएन सिकेको नागरिक अभिनन्दन?

स्वतन्त्र मधेश गठबन्धन त्यागेर ‘जनमत पार्टी’ स्थापना गरेका सिके राउतलाई सिरहामा नागरिक अभिनन्दन गरिएको छैन्। दुई दिनसम्म सिरहाको लहानमा भएको राष्ट्रिय परिषद् बैठकपछि राउतको नागरिक अभिनन्दन गरिने प्रचारसमेत गरिएको थियो। 

कांग्रेसको अनुशासन समितिले पायो पूर्णता, निर्वाचन समिति गठन

नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ।  केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले रिक्त दुई पदमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गर्दै अनुशासन समितिलाई पूर्णता दिएको हो। 

होलीमा कसरी जोगाउने छाला ?

होली रङको रमाइलो पर्व हो। यसमा विभिन्न प्रकारका रङको प्रयोग हुन्छ। रङको प्रयोगमा सावधानी पुगेन भने त्यसले समस्या पनि ल्याउन सक्छ। किनभने बजारमा पाइने रङमा मिसावट हुन्छ। त्यसमा छाला र स्वास्थ्यलाई हानी गर्ने केमिकल पनि मिसाइएको हुनसक्छ । त्यसले हाम्रो आँखा, छाला, कान, कपाल, फोक्सो र शरीरमा अनेक रोग निम्त्याउन सक्छ। होलीको रङमा रंगिँदा छालाको सुन्दरता गुम्ने खतरा पनि हुन्छ। त्यसैले सावधानी अपनाउनु राम्रो हुन्छ।

सुन तस्करको अड्डा बन्दै विमानस्थल

त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन तस्करी हुने गरेको कुरा नौलो होइन। प्रहरीले सुन तस्करीमा संलग्नलाई विमानस्थबाट दिनहुँ जसो पक्राउ गरिरहेकै हुन्छ। यसैक्रममा प्रहरीले पुनः अवैध सुन तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको मंगलबार जानकारी दिएको छ।

आन्तरिक विवादमै अल्झियो कांग्रेस

नेपाली कांग्रेसको मंगलबारको बैठक पनि आन्तरिक कचिंगलमा अल्झिएको छ। पार्टीका आन्तरिक विषयमा छलफल भइरहे पनि विवाद् टुंगिएको छैन। 

निगम भन्छ : पेट्रोलियम पदार्थको मूल्य तत्काल बढ्दैन

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ।

प्रचण्डविरुद्ध कसले हाल्यो अमेरिकामा उजुरी

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध अमेरिकामा उजुरी परेको छ। केन्टुकी स्टेट युनिभर्सिटी फ्रयाङ्फर्टमा कार्यरत तिलक बहादुर श्रेष्ठले दाहाल विरुद्ध अमेरिकामा उजुरी दिएका हुन्।

के हो विप्लवको विद्रोह?

नेत्रविक्रम चन्द अर्थात् विप्लवको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल अर्थात् प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकै सरकारले प्रतिबन्ध लगाएको छ। दुवैका नाम, झन्डा एउटै छन्, पढ्ने किताब एउटै हुन्। दुवैका नेताकार्यकर्ताको बोलीचाली, भावभंगीमा एउटै छ। शब्दावली र पदावली एउटै छन्।

शिलान्यासकै दिन शिशु जन्मिएपछि यस्तो राखियो नाम

ठाउँ विवाद सुल्झिएपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा स्वास्थ्यचौकी शिलान्यासको तयारी चल्दै थियो। स्थापना भएको ४६ वर्षपछि स्वास्थ्यचौकीको नयाँ भवन बन्ने खबरले गाउँले हर्षित थिए।

छोराछोरीले लोला हाने बाबुआमालाई मुद्दा

होली पर्वलाई लक्षित गरेर नेपाल प्रहरीले राजधानीमा विशेष सुरक्षा योजना ल्याएको छ। महानगरीय प्रहरी परिसर काठमाडाैं र जिल्ला सुरक्षा परिषद्ले होली पर्वलाई मर्यादित र सुरक्षित बनाउने निर्णय गरेको हो।

निर्मला हत्या प्रकरण : बर्खास्त एसपी बिष्ट अदालतमा हाजिर

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन्। विष्ट अदालतमा हाजिर भएको जानकारी स्रेस्तेदार हरिकृष्ण अवस्थीले दिए। यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो। उनको अहिले अदालत समक्ष बयान जारी छ। बयान सकिए लगत्तै थुनछेक बहस हुने श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। डिएसपी अंगुर जिसी भने फरार नै छन्।

को बन्ला यस वर्षको 'महामूर्ख' ?

होली रौनकले देशलाई छपक्कै छोपेको छ । पहाडका जिल्लाहरुमा बुधबार होली मनाइँदै छ । तर, जनकपुरमा भने १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तरगृह परिक्रमा गरिसकेपछि मात्र होली मनाइने छ । विहिबार अन्तरगृह (जनकपुर) को परिक्रमा भइसकेपछि शुक्रबार जनकपुरमा होली पर्व मनाइने छ ।

बढी शुल्क फिर्ता गराउन विकेशील साझाकाे अपिल

विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अमेरिका पुगे प्रचण्ड दम्पती, सीताको उपचार जोन हप्किङ्समा हुने

पत्नी सीता दाहालको उपचारका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका पुगेका छन् । छोरी ज्वाइँ र पत्नी सीतासहित शुक्रबार साँझ अमेरिका प्रस्थान गरेका उनी मंगलबार बिहान अमेरिका पुगेका हुन् । 

त्रिशुलीमा ट्रक खस्यो : एकको मृत्यु, चार घाइते 

काठमाडौंबाट नारायणघट जाँदै गरेको ट्रक त्रिशुली नदिमा खसेको छ । मंगलबार बिहान ना ६ ख १४३  नम्बरको ट्रक तीन नम्बर पुलबाट त्रिशुलीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्कियो, एकको मृत्यु 

काठमाडौंको बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोमबार राति बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल र रिक्सा ठोक्किँदा मोटरसाइकल पछाडि बस्ने ब्यक्तिको मृत्यु भएको हो । 

बल्ल गठन भयो कांग्रेसको अनुशासन समिति 

नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

सलमानले कटरिनालाई ६५ लाखको कार दिएकै हुन्

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले पछिल्लो समयमा चार लग्जरी कार किनेका छन्। उनले खरिद गरेको एक कारको मूल्य कम्तिमा ५० लाख रुपैयाँ रहेको बताइएको छ। समाचारका अनुसार यी कारमध्ये चौथो कार उनले कटरिनाका लागि किनेका हुन्।

प्रियंका बनिन् शक्तिशाली महिला

बलिउडकी चर्चित नायिका प्रियंका चोपडालाई एकपछि अर्को सफलता मिल्दै गएको छ। पहिले प्रियंका चोपडाले हलिउडमा सिरियल र फिल्म खेलिन्। यतिबेला उनको नामसँगै एउटा उपलब्धि पनि जोडिएको छ। उनी यूएसए टुडेको पावर आइकनको सूचीमा पर्न सफल भएकी छन्। यस सूचीका अनुसार अब प्रियंका मनोरञ्जन जगत्का सबै भन्दा शक्तिशाली ५० महिलाको सूचीमा पर्न सफल भएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।