आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाह्रवन दोस्र‍ो आमन्‍त्रित गौरीगंगा कपको उपाधि नेपालगञ्‍जलाई

बाह्रवन दोस्र‍ो आमन्‍त्रित गौरीगंगा कपको उपाधि नेपालगञ्‍जलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– बाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप २०७५ को उपाधि नेपालञ्ज ११ स्पोर्ट क्लवको हातमा परेको छ। मंगलबार नेपालगञ्ज र सहरा पहलमानपुरबीच भएको फाइनल खेलमा बराबरीमा भएपछि पेनाल्टी सुटआउटमा  ६–५ ले नेपालगञ्ज बिजयी भएको हो। 
   
प्रतियोगिताको विजेता टोलीले ३ लाख प्राप्त गरेको छ भने उपविजेता टोली साहरा क्लब पहलमानपुरले १ लाख ५ हजार प्राप्त गरेका छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी साहरा क्लबका चेतन कठायतले ३० हजार प्राप्त गरेका छन्। नेपाल टेलिकमको प्रयोजनमा सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार दिइएको थियो। सर्वाधिक गोलकर्तामा अर्जन नेपाली यूनाइटेड क्लब दाङका अर्जुन नेपाली, उत्कृष्ट गोलरक्षक नेपालगञ्जका राजेश थारुले प्राप्त गरेका थिए।

नेपाल टेलिकमको र सिद्धार्थ सिमेन्टको प्रयोजनमा उत्कृष्ट रक्षकको उपाधि साहराका प्रदिप वमले प्राप्त गरेका छन्। रोदन इन्टरप्राइजेजको प्रयोजनमा उत्कृष्ट फावर्ट विनोद केशीले प्राप्त गरे। धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले बिजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।