आइतबार, साउन १७, २०८३

निर्मला हत्या प्रकरण : सकिएन पूर्व एसपी बिष्टको बयान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कञ्चनपुर - निर्मला पन्तको घटनामा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा मुद्दा खेपिरहेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको बयान मंगलबार टुंगिएन।

बिहान करिव पौने १२ बजेबाट सुरु भएको बयान लगातार पौने पाँच बजे अर्थात पाँच घन्टासम्म चलेको जिल्ला अदालतका श्रेस्तेदार हरीकृष्ण अवस्थिले जानकारी दिए। न्यायाधीश डा राजेन्द्र कुमार आर्चायको इजलासमा बयान लिइएको हो। मंगलबार बयान नसकिएपछि बुधबार पुनः बयान लिने र बयान सकिए लगत्तै थुनछेक बहस गरिने अदालतले जानकारी दिएको छ। बिष्ट प्रहरीको हिरासमता छन्।

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका थिए। यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो। डिएसपी अंगुर जिसी भने फरार नै छन्।

निर्मला पन्त हत्या प्रकरणका अन्य ६ जना आरोपित भने धरौटीमा छुटिसकेका छन्। न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।