काठमाडौं- जिओ फोर्ड, नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेताले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चैत्र २ गते ५.२ किमी फन रनको आयोजना गरेको थियो। हाइयर ग्राउन्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा उक्त फन रन सम्पन्न गरेको हो।
कार्यक्रममा १२ सयभन्दा बढी महिला, बालबालिका, पुरुष लगायतको सहभागीता रहेको कम्पनीले दावी गरेको छ। विगतका वर्षहरुमा पनि फोर्डले महिला सशक्तिकरणका कार्यक्रमहरु आयोजना गर्दै आएको जनाइएको छ।
कम्पनीको अनुसार दौड प्रतियोगितामा महिलातर्फ रसिला तमाङ प्रथम, गनिसा महर्जन दोस्रो र सुरेयन्सा खत्री तेस्रो भएका छन्। पुरुषतर्फ उज्ज्वल खरेल प्रथम, सोम गुरुङ दोस्रो र सुवर्ण थपलिया तेस्रो भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४