आइतबार, साउन १७, २०८३

कृषिमन्त्री चीन पुगेर नेपालमा लगानी गर्न अग्रह गरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले चीन पुगेर नेपालमा लगानी गर्न अग्रह गरेका छन्। लगानीका सम्भावनाहरु र सरकारले प्रवर्द्धनका लागि लिएका नीति बारे प्रष्ट पार्दै लगानी गर्न आग्रह गरेका हुन्।

४० देशका झण्डै एक हजार प्रतिनिधि सहभागी  चीनको इविनमा भएको अन्तराष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानी गर्न अग्रह गरेका हुन्। उलने नेपालको अहिले राजनीतिक स्थायित्व भएसँगै इतिहासमै दुई तिहाई बहुमतको बलियो स्थिर सरकार बनेको जानकारी गराएका छन्।

‘सरकारले एक वर्षमा आर्थिक विकासका आधारहरु खडा गरेको छ,’ उनले भने ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराका साथ अगाडि बढिरहेका छौं। धेरै नीतिगत र कानूनी जटिलताहरु सुधार गरेका छौं।’ आर्थिक विकासका लागि नीतिगत प्रष्टता र दृढता कायम गरेको, आन्तरिक र बाह्य लगानी प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण तयार गर्न निरन्तर प्रयास गरिरहेको, बन्द हड्ताल हुन छाडेको लगायत सम्मेलनका सहभागीहरुलाई जनकारी गराएका छन्। ‘चिनियाँ राष्ट्रपति महामहीम सि चिन फिंङले अघि सार्नुभएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ प्रति नेपालले देखाएको प्रवितवद्धताले विश्व बजारमा पुग्न अझै सहज हुने हामीले विश्वास लिएका छौं,’ उनले भने।

नेपालमा प्रशोधनका प्रविधि र पूर्वाधारहरु अझै पनि आधुनिक छैनन्। त्यसैले अत्याधुनिक प्रविधिहरुको प्रयोग गरी प्रशोधन र बजारीकरण गर्न थप लगानी जरुरी देखिएको उनले बताए। कृषि क्षेत्रको यान्त्रिकीकरणका लागि धेरै औजार उपकरणहरु चीन लगायत छिमेकी मुलुकहरुबाट आयात गरिरहेका उनको भनाइ छ। ‘त्यसैले तपाईँहरु नेपालमै यस्ता मेसिनहरु, तीनका पार्टपूर्जाहरु र तीनमा लाग्ने उपकरणहरु उत्पादन र बजारीकरण गर्न सक्नुहुन्छ। वर्णशंकर विउ उत्पादनका प्रविधि विकास र नेपालमै विउ उत्पादनमा सहकार्य गर्न सकिन्छ,’ उनले भने।

उनले सम्मेलनमा नेपाल लोडसेडीङ समस्याबाट मुक्त मात्र नभइ अविछिन्न उर्जा उपलब्धताको सुनिश्चितता गरिसकेका जानकारी दिए। जलश्रोतको धनी राष्ट्र नेपाल अहिले प्रयाप्त उर्जा उत्पादन गरी निर्यात गर्ने तयारीमा छ। त्यसका लागि लगानीका प्रयाप्त सम्भावनाहरु रहेको बताए। नेपालमा आगामी मार्च २९ र ३० तारिकमा हुनलागेको लगानी सम्मेलनमा सहभागिता र समन्वयको लागि समेत विभिन्न मुलुकका प्रतिनिधिहरुलाई निम्तो दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्