आइतबार, साउन १७, २०८३

ओरालो लाग्यो शेयर बजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सोमबार जस्तै मंगलबार पनि धितोपत्र बजारमा शेयरको मूल्य ६ दशमलव ८३ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर १ हजार १४७ दशमलव १५ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ५७ विन्दुले घटेर २४३ दशमलव ९७ विन्दुमा पुगेको छ। नेप्से परिसूचक घटेसँगै कारोवार रकममासमेत कमी आएको छ। कूल १५८ कम्पनीको ५ लाख ३४ हजार ९९५ कित्ता शेयर रु १४ करोड ८६ लाख ३३ हजार २४५ मूल्यमा खरीद बिक्री भए।

कारोवार भएका कूल ११ उपसमूहमध्ये मंगलबार सबै उपसमूहको शेयर घटेको छ। बैंकिङ ६ दशमलव ७५, व्यापार २ दशमलव ८७, होटल उपसमूहको शेयर कारोवार भएन। यस्तै विकास बैंक ९ दशमलव ९८, जलविद्युत् ७ दशमलव ८५, वित्त ३ दशमलव २७, निर्जीवन बीमा २२ दशमलव ३९, उत्पादन ४ दशमलव ७४, अन्य ४ दशमलव ३३,लघुवित्त ७ दशमलव ४३ र जीवन बीमा २० दशमलव २३ विन्दुले घटेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्