आइतबार, साउन १७, २०८३

प्रचण्डविरुद्ध कसले हाल्यो अमेरिकामा उजुरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध अमेरिकामा उजुरी परेको छ। केन्टुकी स्टेट युनिभर्सिटी फ्रयाङ्फर्टमा कार्यरत तिलक बहादुर श्रेष्ठले दाहाल विरुद्ध अमेरिकामा उजुरी दिएका हुन्।

उनले बाल्टिमोरमा रहेको संघीय अनुसन्धान व्युरोमा दाहाल विरुद्ध उजुरी दिएका हुन्। उनले उजुरीमा दाहालले १७ हजार गरिब जनतालाई मारेको र अमेरिकालेसमेत उनलाई आतंककारीको सूचिमा राखिसकेको बताएका छन्। उनले युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका हुन्। उनले आफ्नो उजुरी सम्बन्धित कार्यालयमासमेत पठाइदिन व्युरो कार्यालयलाई अनुरोध गरेका छन्।

अध्यक्ष दाहाल पत्नी सीता दाहालको उपचारका लागि संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स अस्पतालमा रहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।