आइतबार, साउन १७, २०८३

नेपाल अनलाइन पत्रकार संघ गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – अनलाइन पत्रकारितालाई व्यवस्थित र मर्‍यादित बनाउने उद्देश्यले धनगढीमा अनलाइन पत्रकार संघ गठन गरिएको छ। मंगलबार धनगढीमा आयोजित अनलाइनकर्मीहरुको एक भेलाले उमिद बागचन्दको संयोजकत्वमा १९ सदस्यीय समिति चयन गरेको हो। 

समितिको सदस्यमा शिवराज खत्री, गोबिन्द रोस्यारा, हरी जोशी, रामचन्द्र शाही, निराजन परियार, कृत बिष्ट, उन्नति चौधरी, मिलन परियार, भानुभक्त आचार्य, महेन्द्र बम, राम दहित, शंकर बोहोरा, योगेन्द्र नायक, केशव धामी, ज्ञानेन्द्र भट्ट, निर्मला खडायत, भवानी ऐर र सुनिल आउजी रहेका छन्। सदस्यहरुबाट नै पदाधिकारी चयन गर्ने र तत्कालै बिधान दर्ता गरि देशव्यापी रुपमा संगठन विस्तार गर्ने योजना रहेको अध्यक्ष बागचन्दले बताए। 

यसैबीच प्रथम भेलाको उद्घाटन समारोहमा सरोकारवालाहरुले अनलाइन मिडियाको तिब्र गतिमा  बिकास भएसंगै यसलाई व्यवस्थित र विश्वसनिय बनाउन जरूरी रहेको औंल्याएका थिए। अनलाइन मिडियाप्रति जनप्रतिनिधिहरु बढी सशंकित हुनुपरेको भन्दै बक्ताहरुले कसैलाई सिध्याउने उद्देश्यले भन्दा पनि सकरात्मक आलोचना गर्ने तर्फ उन्मुख हुनुपर्ने सहभागीहरुको तर्क थियो। 

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, विशिष्ट अतिथि नेपाली कांग्रेस प्रदेश सभा सदस्य भरतबहादुर खड्का र धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, बरिष्ठ पत्रकार मनमोहन स्वाँर, अर्जुन शाह र जगत साउदलगायतले मन्तब्य ब्यक्ति गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।