बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुली, सिरहा र धनुषामा करेन्ट लागेर ३ जनाको मृत्यु

सिन्धुली, सिरहा र धनुषामा करेन्ट लागेर ३ जनाको मृत्यु

देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। सिन्धुली, सिरहा र धनुषामा करेन्ट लागेर एक-एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। सिन्धुली, सिरहा र धनुषामा करेन्ट लागेर एक-एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो। 

सिन्धुली जिल्ला कमलामाई नगरपालिका-१४ तल्लो रानिबास बस्ने ४५ वर्षीय काले माझीको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। सोही ठाउँ बस्ने भतिज हंकु माझीको घर ढलान गर्ने क्रममा विद्युतीय भाइब्रेसन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको शुभ-स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस्तै, सिरहा जिल्ला लहान नगरपालिका-१ मटियर्वा बस्ने ८५ वर्षीया सियाबती देवी रामको पनि बुधबार दिउँसो नै करेन्ट लागेर मृत्यु भयो। आफ्नै घरतर्फ जाने क्रममा विद्युतको काठको पोल भाच्चिएर विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उता धनुषा जिल्ला मिथिला बिहारी नगरपालिका-९ कटरईत नयाँ टोल बस्ने सुजित यादवको ६ वर्षीय छोरा विनेक यादवको पनि करेन्ट लागेर बुधबार दिउँसो नै मृत्यु भएको छ। घरमा रहेको मिटरबाट मोटर चलाउन जोडिराखेको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

तीनै स्थानका घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Aug 19, 2021| 13:36 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।