आइतबार, साउन १७, २०८३

बुध्द एयरले थप्याे ‘ एटीआर’ जहाज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- निजी क्षेत्रको विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२-५०० भित्र्याएको छ। फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित जहाज साेबार भित्र्याएको हो।

जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोलि फ्रान्स गएका थए। नाइन एन एएमवाई कलसाइन रहेको जहाज साेमबार बेलुकी साढे ८ बजे  त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थल काठमाडौंमा अवतरण गरेको कम्पीले जानकारी दिएकाे छ। कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२-५०० तीनवटा एटिआर ४२-३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ।

नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्ने जनाइएकाे छ। थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने कम्पनीकाे विश्वास छ।
 
कम्पनीका अनुसार बुध्द एयरले आगामी जेठ १३ बाट एटिआर ७२-५०० बाट भारतको कोलकोता उडान भर्दैछ। भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्