आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माथिल्लो त्रिशूली थ्री एबाट वैशाखदेखि बिजुली उत्पादन हुने

माथिल्लो त्रिशूली थ्री एबाट वैशाखदेखि बिजुली उत्पादन हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसूली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् १७ वैशाखभित्रबाट उत्पादन हुने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुको बैठकले पहिलो युनिटबाट उक्त मितिबाट विद्युत् उत्पादन शुरु गर्ने निर्णय गरेको हो।
 
‘पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असारबाट विद्युत उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरुले प्रतिबद्धता जनाएका छन्,’ उनले भने ‘यसबाट एकातर्फ काठमाडौं उपत्यकाबाट नजिक रहेकाले विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि आयोजनाको योगदान महत्वपूर्ण रहेको छ।’

उनका अनुसार अर्कोतर्फ त्रिशूली नदी बेसिनमा निर्माण भइरहेको जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार तयार भएको छ। ३०/३०  मेगावाटका दुईवटा युनिटहरु रहेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केही दिनअघि मात्रै आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

प्राधिकरणका अनुसार शुक्रबारबाट  आयोजनाको बालुवा थिग्रयाउने पोखरीभन्दा बाहिर रहेका बाँध, गेट लगायतका संरचनाको परीक्षण भइरहेको छ। उक्त काम ११ चैत्रभित्र सक्ने समय तालिका तय गरिएको छ। त्यसपछि बालुवा थिग्रयाउने पोखरी, ड्राई तथा बेट टेष्ट गरिने, विद्युत गृहमा रहेको जेनेरेटर लगायतका उपकहरणरु जडान सम्पन्न गरी १७ वैशाखबाट पहिलो युनिटबाट विद्युत उत्पादनको तयारी भइरहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिएका छन्।

‘अहिले हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको जडान र परीक्षण गर्ने काम भइरहेको छ,’ जोशीले भने ‘आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ। मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ। कम्पनीसँग  २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।’

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो। इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङ लगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो।  १७ जेठ २०७१ भित्रमा निर्माण सक्ने गरी उक्त कम्पनीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो।

विगतमा विद्युत गृह भूमिगत बनाउने वा सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि म्याद १६ असार २०७३ सम्म थपिएको थियो। भुकम्पले गर्दा आयोजनाको निर्माण तालिका प्रभावित भएको जनाइएको छ।

भुकम्प र पहिरोले प्रभावित पारेपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ सम्म थप गरेको थियो। भूकम्प र पहिरोले बाँध स्थलको दायाँ-बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो। सरकारले  पहिरोको रोकथाम तथा सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्