आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : बर्खास्त एसपी बिष्ट अदालतमा हाजिर

निर्मला हत्या प्रकरण : बर्खास्त एसपी बिष्ट अदालतमा हाजिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कञ्चनपुर - निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन्। विष्ट अदालतमा हाजिर भएको जानकारी स्रेस्तेदार हरिकृष्ण अवस्थीले दिए। यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो। उनको अहिले अदालत समक्ष बयान जारी छ। बयान सकिए लगत्तै थुनछेक बहस हुने श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। डिएसपी अंगुर जिसी भने फरार नै छन्।

निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपित भने धरौटीमा छुटिसकेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।