बिहीबार, भदौ ४, २०८३

यौन व्यवसाय चलाएको अभियोगमा ललितपुरबाट ७ जना पक्राउ

ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

ललितपुर- ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका-८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल विष्ट  छन्।

यस्तै, ललिपतुर ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ सानो पोखरा घर भएकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीया क्रिस्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रबिसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका-७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन्। 

उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ गरेकाहरूमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रकाशित: Aug 19, 2021| 13:28 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।