काठमाडौं- प्रभु बैंक लिमिटेडले चन्द्रगढी र उर्लाबारीमा आप्mनो नयाँ शाखा खोलेको छ। सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबार एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
बैंक अनुसार झापाको चन्द्रगढी शाखा कार्यालयको सोही जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र मोरङको उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेको छ।
स्थानीयबासीले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गरेसँगै गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँचभन्दाबाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा गरेको छ।
शाखामार्फत स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले सहजै सेवा लिने बैंकले विश्वास गरेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४