आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खरीखोलामा इन्भेष्टमेण्ट बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

खरीखोलामा इन्भेष्टमेण्ट बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंकले प्रदेश नं. १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नं. १ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ। खुम्बु पासाङल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन्।
 
उनले गाउँबासीमा बचत गर्ने बानीको विकास हुनुको साथै वित्तीय साक्षरता पनि अभिबृद्धि हुने विश्वास व्यक्त गरे। बैंकअनुसार उक्त एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्य दुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ। काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुका साथै स्थानीयमा बित्तीय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्नेछ।  

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा पीओएस मेसिनबाट सेवा दिइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्