आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कैलाली उद्योग वाणिज्य संघलाई महोत्सवबाट साढे ३५ लाख नाफा

कैलाली उद्योग वाणिज्य संघलाई महोत्सवबाट साढे ३५ लाख नाफा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवबाट यस वर्ष साढे ३५ लाख बढी रकम बचत गरेको छ। उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनमार्फत ३५ लाख ६९ हजार ८ सय ७१ रुपैयाँ बचत भएको जानकारी दिएको छ। 

उद्योग वाणिज्य संघले माघ २१ गते देखि फागुन ५ गतेसम्म आयोजना गरेको सुदूरपश्चिम महोत्सवमा एक करोड २३ लाख ६८ हजार आम्दानी भएकोमा ८७ लाख ९९ हजार खर्च भएको विवरण सर्वजनिक गरेको हो। संघका अध्यक्ष पुष्पराज कुवरले यो बर्ष छोटो अवधिको तयारी मै पनि उल्लेख्य रकम बचत गरेको बताए। 

बिगतका बर्षहरुमा भन्दा संघका पदाधिकारी लगायत अन्य खर्चमा ब्यापक कटौती गर्दा रकम बचत भएको कुवरले जानकारी दिए। २०६४ सालदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको संघले आगामी महोत्सव थप पृथक बनाउने योजना रहेको बताएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्