आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद अवरुद्ध गर्ने राजपालाई उपप्रधानमन्त्रीको यस्तो जवाफ

संसद अवरुद्ध गर्ने राजपालाई उपप्रधानमन्त्रीको यस्तो जवाफ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - राष्ट्रिय जनता पार्टी नेपालले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेका बेला उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आयोगको प्रतिवेदन अध्ययनपछि मात्रै सार्वजनिक गरिने बताएका छन्।

सोमबार संघीय संसदमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेलले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न नसकिने बताएका हुन्। अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरिने बताउँदै उनले राजपाले यही विषयमा फेरिपनी संसदमा अवरोध नपुर्याउने बताए।

मधेस तथा थरुहट आन्दोलनको घटनाबारे छानबिन गर्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोज २ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक छानबिन आयोग गठन गरेको थियो । आयोगले सरकारलाई २०७४ साल माघ २९ गते प्रतिवेदन बुझाएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।