काठमाडौ – सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपाले अवरुद्ध गर्दै आएको संघीय संसद्को बैठक कानून मन्त्री भानुभक्त ढकालको को जवाफ पछि खुलेको छ। ढकालले सो प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका थिए।
राजपाले सभामुखको निर्देशनसमेत सरकारले नमानेको भन्दै आफुहरु संसद् अवरुद्ध गर्न बाध्य भएको बताएका थिए। पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सो पार्टीले तीन दिन देखि संसद अवरुद्ध गर्दै आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४