आइतबार, साउन १७, २०८३

कार्यकर्तालाई यसरी जवाफ दिँदैछन् सिके

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - सरकारसँग सहमति गरेर मूलधारमा आएको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक दोस्रो दिन पनि सिरहाको लहानमा जारी छ। बैठकमा गठबन्धनका संयोजक सिके राउतले सरकारसँग हालै भएको ११ बुँदे सम्झौताबारे कार्यकर्तालाई ब्रिफिङ गरेका छन्।

बैठकमा सहभागी गठबन्धनका राष्ट्रिय परिषद्का सदस्यले सरकारसँग भएको ११ बुँदे सम्झौताको आधार र आगामी रणनीतिबारे प्रश्न उठाएका थिए। स्रोतका अनुसार बैठकका सहभागीले मूलतः सम्झौताको दोस्रो बुँदामा उल्लिखित ‘जनअभिमत’ भत्रे शब्दबारे प्रस्ट पार्न राउतलाई आग्रह गरेका थिए।

गठबन्धनका एक कार्यकर्ताका अनुसार संयोजक राउतले सरकारसँग भएको सम्झौताका प्रत्येक बुँदालाई सहभागी सदस्यहरुबीच प्रस्ट पारेका छन्।  अहिले सरकारसँग सम्झौता भइसकेको अवस्थामा आगामी रणनीति के हुने यसबारे छलफल चलिरहेको ती कार्यकर्ताले बताएका छन्। बैठकमा गठबन्धनको आगामी रणनीति, पार्टी दर्ता, आगामी एजेन्डालगायतका विषयमा कुरा उठेको बताइएको छ।

गठबन्धनका संयोजक राउतले सरकारसँग भएको सम्झौताबारे प्रस्ट पारे पनि स्वतन्त्र मधेसको एजेन्डा छोरिएको भन्दै कतिपय सदस्य असन्तुष्ट रहेको बताइएको छ।

लहानको मारवाडी सेवाश्रममा जारी गठबन्धनको राष्ट्रिय परिषद् बैठकमा परिषद् सदस्यबाहेक अन्य कसैलाई प्रवेश दिइएको छैन। सुरक्षार्थ खटिएका प्रहरीलाई समेत बैठकस्थल परिसर बाहिर निकालिएको छ।

बैठक परिसरको मूलगेटमा ताल्चा लगाएर राखिएको छ भने सहभागी सदस्यहरुलाई समेत बाहिर आउने अनुमति दिइएको छैन। बैठकमा सहभागी सदस्यहरुका लागि खाना तथा आवासको व्यवस्था मारवारी सेवाश्रमभित्रै गरिएको छ। बैठकमा विभित्र जिल्लाका करिब दुई सय सदस्य सहभागी रहेको बताइएको छ।

२४ फागुनमा सरकारसँग अचानक ११ बुँदे सहमति गरेका गठबन्धनका संयोजक राउत २६ फागुनमा जनकपुर आएका थिए। अखण्ड र स्वाधीन नेपाल स्वीकार गरे पनि जनकपुर विमानस्थलमा उनका समर्थकहरुले विखण्डनको नारा लगाएपछि राउतले सहमति तोडेको भन्दै व्यापक आलोचना भएको थियो।

सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा अवतरण गरेका राउत जनकपुर बसाइको क्रममा मौन बसे। सञ्चारकर्मीहरुले पटकपटक प्रयास गरे पनि उनी बोल्न तयार भएनन्। राउतमात्र नभई उनका कार्यकर्ताहरुले समेत केही बोल्न चाहेनन्। लहानमा जारी बैठक सोमबार सम्पत्र भइसकेपछि आगामी रणनीतिबारे राउतको धारणा आउन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।