आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • समाजिक सुरक्षा सम्बन्धि कार्य गर्ने कोषलाई एउटै ठाँउमा ल्याउन आवश्यक

समाजिक सुरक्षा सम्बन्धि कार्य गर्ने कोषलाई एउटै ठाँउमा ल्याउन आवश्यक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा २ तलाको वेसमेन्डसहित ९ तल्लाको कार्यालय भवनको शिलान्यास अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन्।

उद्घाटन क्रममा अर्थमन्त्री खतिवडाले कोष स्थापना कालमा अनिवार्य बचतको अबधारणा आफुले ल्याएको बताए। उनले स्वइच्छाले गरेको बचले मात्र नपुग्ने हुदा अनिबार्य बचत आवश्यक भएको बिचार राखे।

कोषलाई मुद्रा बजारमा मात्रै जोड नदिन उनले सुझाव दिए। ‘सञ्चालनमा रहेका सबै समाजिक सुरक्षा सम्बन्धि कार्य गर्ने कोषलाई एउटै छानामुनी ल्याउन अबको आवश्यकता हो’, उनले भने।

कार्यक्रममा नेपाल राष्ट्र बैकका कामु गभर्नर चिन्तामणी सिवाकोटीले पुर्वाधार, कृषि लगायत क्षेत्रमा लगानी बिस्तार गर्ने पर्ने बताए।

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले सरकारको उच्च आर्थिक विकास गर्ने अठोटलाई टेवा पुर्याउन कोषले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण लगायत उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए। ‘कोषको लगानीलाई पारदर्शी एवं प्रभावकारी बनाउन तथा पूँजी बजारमा दरिलो उपस्थितिका लागि प्राथमिक एवं दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्ने कार्य सञ्चालन गर्ने गरी कोषको लगानी नीतिमा आवश्यक परिमार्जन गर्ने तयारी भइरहेको छ,’ उनले भने ‘यसबाट शेयर बजारमा देखिने अप्रत्यासित मूल्य बढ्ने वा घट्ने प्रवृत्तिलाई एउटा सीमाभित्र कायम राख्न सहयोग पुग्नेछ।’

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले ११ वटा बचत कार्यक्रम सञ्चालन गरी पुँजी बजारमा सेवा प्रदान गरिरहेको बताए। कोषको आव ०७५/७६ को पुस मसान्तसम्ममा १ खर्ब १७ अर्ब १२ करोड रुपैयाँ बराबर खुद कोष परिचालन गरेको उनको भनाइ छ। साथै १ खर्ब १३ अर्व ८४ करोड रुपैयाँ लगानी भएको छ।

वित्तीय बजारमा देखिएको लगानी योग्य रकमको आपूर्तिमा कोषले ठूलो योगदान गरेको छ।  वित्तीय बजारमा ब्याजदर स्थिरता तथा पारदर्शीता ल्याउने प्रयास स्वरुप लगानी नीति, २०७५ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ। कोषको क्षमताका आधारमा सरकारले विश्वास गरी योगदानमा आधारित पेन्सन योजना तथा सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गर्न दिएको उनले बताए।

उनले कोषले अगामी दिनमा असंगठीत क्षेत्रका स्वतन्त्र मजदुरहरु, किसान तथा स्वरोजगारमा रहेका उद्यमी तथा व्यवसायीहरुलाई लगानी कोषका विविध कार्यक्रममा आवद्घ गराउन पहल गर्नुपर्ने खाँचो समेत औल्याएका छन्।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्