काठमाडौ – सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमबारको संघीय संसद्को बैठकपनि राजपाले चल्न दिएन। बैठक सुरु हुनासाथ राजपाका अनिलकुमार झा ले सभामुखको निर्देशनसमेत सरकारले नमानेको भन्दै आफुहरु संसद् अवरुद्ध गर्न बाध्य भएको बताए। त्यसपछि सभामुखले केही समयका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्। सरकारले प्रतिबेदन लुकाएर सत्य लुकाउन खोजेको आरोप लगाए।
पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने झाले बताए। झाले सभामुखले निर्देशन दिएको एक साता वितिसक्दा पनि त्यो सार्वजनिक नगर्नु दुखद भएको बताए। उनले सरकारले प्रतिवेदन पढिसकेको दावी गरे। उनले सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरेसम्म पार्टीले संसद चल्न नदिने घोषणा गरे। गत साता सभामुखले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। सोमबार आधा दर्जन भन्दा बढी संख्यामा छलफल गर्ने कार्यसूची थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४